काठमाडौं, कात्र्तिक २७
माछापुच्छ्रे बैंक लिमिटेडको २३ औँं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले पोखराको होटल पोखरा ग्राण्डमा शुुक्रबार बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सो अवसरमा बैंकको आर्थिक बर्ष २०७७–०७८ को वार्षिकको संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलाततथा सोहि मितिमा समाप्तभएको आर्थिक बर्ष २०७७–०७८ को नाफा नोक्सान बाडँफाडँ, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विवरणहरु पारित भएको छ ।
उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७७–०७८को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १४ प्रतिशत लाभांश(शुन्य दसमलव सात प्रतिशत नगद र १३ दसमलव ३० प्रतिशत बोनस लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै,संचालक समितिमा रिक्त रहेको संचालकपदमा संचालक समितिले बाँकी कार्यकालसम्मको लागि नियुक्त गरेको संचालकहरुको नियुक्ती अनुमोदन गरेको छ । बैंकले गत आर्थिक वर्षमा एब अर्ब ६० करोड ७८ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बैंकको चुुक्ता पूँजी नौ अर्ब पाँच करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ संचित छ ।
स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले एक सय ६२ वटा शाखाहरु लगायत एक सय ५४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा तीन सय १६ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर दुई सय वटा एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।