आधारभूमि संवाददाता
काठमाडौं,२६ कात्तिक
फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिका छनोटमा ब्राजिलले कोलम्बियालाई पराजित गरेको छ।
शुक्रबार बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई १-० गोलले पराजित गर्दै सन् २०२२ मा हुने विश्वकपमा छनोट भएको हो ।
ब्राजिललाई जित दिलाउन लुकास पाकेटाले विजयि गोल गरे।पाकेटाले खेलको ७२ औं मिनेटमा नेयमारको पासमा गोल गरेका हुन्।
जितसँगै ब्राजिलले १२ खेलबाट ३४ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।दोस्रो स्थानको अर्जेन्टिनाको ११ खेलबाट २५ अंक छ। पराजित कोलम्बियाको १३ खेलबाट १६ अंक छ र तालिकाको पाँचौ स्थानमा छ ।