neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • फाउण्डेशनद्वारा बाढीपीडितका लागि घर निर्माणमा सहयोग

फाउण्डेशनद्वारा बाढीपीडितका लागि घर निर्माणमा सहयोग

Nov 12th, 2021

सिन्धुपाल्चोक, २६ कात्तिक /रासस

सामाजिककार्यमा सक्रिय हिमालयन फाउण्डेशन कर्प न्यूयोर्क एण्ड क्यालिफोर्नियाले हेलम्बुका बाढीपीडितका लागि १० घर निर्माण गरिदिने भएको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीको आतिथ्यतामा बुधबार हेलम्बु गाउँपालिका अध्यक्ष नीमा ग्याल्जेन शेर्पा र हिमालयन फाउण्डेशनका संस्थापक यज्ञलाल श्रेष्ठबीच सो सम्झौतापत्रमा यहाँ हस्ताक्षर भयो । प्रतिघर रु चारलाख खर्च हुने जनाइएको छ ।

“अमेरिकामा बसे पनि आफ्नो गाउँघर सम्झिएर बाढीपीडितलाई सहयोग गर्न लाग्नुभएकामा खुशी लाग्यो”, कार्यक्रममा उपप्रमुख खड्गीले भन्नुभयो, “जो जहाँ रहे पनि एउटा नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नु निकै राम्रो कुरा हो । म पनि बाढीपीडितका लागि आफूले सकेजति पहल गर्छु ।”गाउँपालिका अध्यक्ष शेर्पाले गाउँपालिकासँगका सहकार्यमा फाउण्डेशनले बाढीपीडितका लागि घर बनाउने जमर्को गरेकामा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा मेलम्ची नगरपालिका–७ का अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, तामाङ को–अपरेशन सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष शेरबहादुर लामा, प्रोफेसर प्रकाश खड्गी, चलचित्र पत्रकार सङ्घका पूर्वउपाध्यक्ष लक्ष्मण सुवेदीलगायतले सामाजिक कार्यमा सबैले सहयोग पु¥याउन आवश्यक छ भन्नुभयो । आफू सोही ठाउँमा जन्मे हुर्किएकाले सिन्धुपाल्चोकमा केही घटना हुँदा निकै मन पोल्ने गरेको फाउण्डेशनका संस्थापक श्रेष्ठले बताउनुभयो । गत असार र साउनमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका थुप्रै वडामा ठूलो जनधनको क्षति भएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi