neapl investment mega bank
  • गृहपृष्ठ
  • चुच्चे नक्साको सिक्का छाप्न खोज्दा छपाइमा ढिलाई !

चुच्चे नक्साको सिक्का छाप्न खोज्दा छपाइमा ढिलाई !

Nov 12th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, कात्तिक २६

सरकारले नयाँ नक्सामा लिपुलेक र लिम्पीयाधुरा समाबेश गरेको छ । नयाँ नक्सा छाप्नुअघि सुरु भएको सिक्काको टेन्डर प्रक्रिया नयाँ नक्सा आएपछि रोकिएको थियो ।

सिक्कामा नयाँ नक्सा छापिनु पर्ने भएपछि सरकारले यसको लागि समयमै प्रक्रिया अघि बढाउन सकेन । यति मात्रै होइन, कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सिक्का छाप्ने काम राष्ट्र बैंकले समयमै अघि बढाउन सकेन ।

सिक्का छपाई समयमा हुन नसक्दा आमउपभोक्ताले तुलादानका लागि सिक्का नपाएको त डेढ वर्षभन्दा बढि भइसकेको छ । अन्य प्रयोजनका लागि भनेर सिक्का खरिद गर्न जानेहरुले पनि अहिले सिक्का पाएका छैनन् ।

राष्ट्र बैंकका एक अधिकारीले भने ‘ सिक्का छाप्ने बेलामा नयाँ नक्सा आयो, त्यसलाई समाबेश गरेर सिक्का छाप्नका लागि सरकारले समयमै निर्णय गर्न सकेन, जसका कारण अहिले सिक्का उपलब्ध गराउन नसक्ने अवस्थामा पुगेका छौं । ’

माग अनुसारको सिक्का उपलब्ध गराउन नसकेपछि बजारमा अहिले सिक्काको साटो १ र २ रुपैयाँको लागि चकलेट प्रयोग हुने गरेको छ । यति मात्रै होइन चार रुपैयाँसम्म फिर्ता दिनुपर्ने ठाउँमा ब्यापारीहरुले सिक्का पैसाको अभाव देखाउँदै ग्राहकलाई पैसा फिर्ता नगर्ने गरेका छन् ।

नेपाल राष्ट्र बैंकले अहिले मागे अनुसारको सिक्का उपलब्ध गराउन सक्ने स्थिती छैन । २ सय पचास रुपैयाँ भन्दा बढि सटहि नगर्ने राष्ट्र बैंकले कुल १५ हजार भन्दा बढिको सिक्का सटही गर्न सक्ने स्थिती छैन ।

बिदेशी कम्पनीलाई पनि समयमै सिक्का छाप्ने जिम्मा लगाउन नसक्दा बजारमा सिक्काको अभाव भएको छ । विदेशी कम्पनीले अलिहे जिम्मा पाएको त छ । तर, त्यो नेपालमा आउन अझै कम्तीमा दुई महिनाजति लाग्ने नेपाल राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।