neapl investment mega bank
  • गृहपृष्ठ
  • झापामा जेसीबीको सुविधा सम्पन्न आउटलेट

झापामा जेसीबीको सुविधा सम्पन्न आउटलेट

Nov 11th, 2021

काठमाडौं, कात्र्तिक २५

नेपालका लागि जेसीबी ब्रान्डका हेभी तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले झापाको दमकमा सुविधा सम्पन्न ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । जेसीबीको यो ३५ औं आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रियस्तरको सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउनेछन ।

ओम दमक मोटर्स प्रा. लि.ले सञ्चालन गरेको नयाँ आधिकारिक विक्री केन्द्रको उद्घाटन दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ तथा एमएडब्लु अर्थमुभर्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सञ्जिव पाहुजाले गरेका थिए ।

नयाँ आउटलेटबाट जेसीबीका सम्पूर्ण मेसिन, पाटपुर्जा तथा अन्तर्राष्ट्रियस्तरको विक्रीपछिको सेवा पाउने एमएडब्लु अर्थमुभर्सका कार्यकारी निर्देशक पाहुजाले बताए । ‘यो जेसीबीको अथराइज्ड रिटेल आउटलेट मात्र होइन, ग्राहकप्रतिको हाम्रो प्रतिबद्धता पनि हो,’ उनले भने ।
नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ ।

जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।