neapl investment mega bank
  • गृहपृष्ठ
  • भक्तपुर बचत लिमिटेडको अध्यक्षमा कृष्णगोविन्द

भक्तपुर बचत लिमिटेडको अध्यक्षमा कृष्णगोविन्द

Nov 11th, 2021

भक्तपुर, कात्र्तिक २५
भक्तपुर बचत तथा श्रृण सहकारी संस्था लिमिटेडको छाता संगठन भक्तपुर जिल्ला वचत तथा श्रृण सहकारी संस्था लिमिटेड भक्तपुर सञ्चालक समितिको अध्यक्षमा कृष्ण गोविन्द लाखाजु चुनिएका छन् । संस्थाको १७ औ वार्षिक साधारणसभाबाट लाखाजुको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँं कार्यसमिति चुनिएको हो ।

समितिको उपाध्यक्ष हरि बल्ल, सचिब जगनाथ प्रजापति र कोषाध्यक्ष कान्छा भक्त घजु चुनिएका छन् । यस्तै सदस्यहरुमा पंचकृष्ण श्रेष्ठ, काजीबहादुर पञ्च, इन्द्र प्रसाद ब्यान्जु, कृश्नश्वरी प्रजापति र सन्तोषी खतिवडा चुनिएका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा बालमुकुन्द उपाध्याय र सदस्यहरुमा श्रीप्रसाद त्यातजु तथा शुशिला पराजुली चयन भएका छन् । साधारण सभाको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गरेका थिए ।