neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ३१७ जनामा कोरोना सङ्क्रमण, २७९ जना डिस्चार्ज, छ को मृत्यु

थप ३१७ जनामा कोरोना सङ्क्रमण, २७९ जना डिस्चार्ज, छ को मृत्यु

Nov 11th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २५ कात्तिक

बिहीबार थप ३१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १२ हजार ६५३ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख १६ हजार ६० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ६५३ जनाको परीक्षण भएको छ । हालसम्म ४४ लाख ८४ हजार १५४ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २७९ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २७९ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ९७ हजार ५९ पुगेको छ ।

थप छ को मृत्यु

पछिल्लो २४ घण्टामा छ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४६६ पुगेको छ।