neapl investment mega bank

एकै दिन ५९ अंकले घट्यो नेप्से

Nov 11th, 2021

काठमाडौ, कात्र्तिक २५

नेप्से उच्च अंकले घटेको छ । आज बिहिबार नेप्से ५९ दसमलव ५७ अंकले घटेर २६ सय ९० दसमलव २९ अंकमा पुग्दा सेन्सिटिभ १० दसमलव ६३ अंकले घटेर पाँच सय दुई दसमलव १९ अंकमा पुुगेको छ । कुुल दुई सय २५ वटा कम्पनीहरुको ७३ हजार तीन सय २८ पटकको कारोवारमा ९४ लाख ७५ हजार नौ सय ३६ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम पाँच अर्ब ११ करोड ९६ लाख दुई हजार पाँच सय ४० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको हुंदा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुुचक २९ दसमलव आठ अंकले घटेर १८ सय १८ दसमलव १५ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि एक सय नौ दसमलव २६ अंकले घटेर दुई हजार चार सय ८० दसमलव ७७ अंकमा पुुगेको छ । यि बाहेक बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मानुषी लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा आईसीएफसी फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने महालक्ष्मी बिकास बैंक परेको छ ।