काठमाडौ, कात्र्तिक २५
दराज, नेपालको अग्रणी अनलाइन बजारले आफ्नो सबैभन्दा ठूलो एक दिवसीय सेल ११.११ सुरु भएको घोषणा गरेको छ । यो अभियान आधिकारिक रूपमा कार्तिक २४ (नोभेम्बर १०) मध्यरातमा सुरु भएको छ भने यस वर्षको ११.११ विगतका वर्षहरू भन्दा ठूलो हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक शपिंग अनुभव प्रदान गर्ने दराजले आश्वासन दिएको छ । एस अभियानको मुख्य हाइलाइटहरु भने ११ लाख सामानहरूमा ५ करोडसम्मको छुट, रु ११,००० सम्मको मेगा भौचर, प्रि पेमेन्टमा १५ प्रतिसत अर्थात अधिकतम रु ३५०० सम्म छुट, खेल एक रुपैयाँ र मेगा गिभअवेको रूपमा ११ टिभिएस रेडर मोटरसाइकल रहेको कम्पनीले जानकारी दिएको छ । थप हाइलाइटहरू समावेश छन् । एड टु कार्ट, फलो एण्ड विन, रिभिउ एण्ड विन, नयाँयुइजर भौचर, रिफर एण्ड विन र दराज जेम्स ।
बैंक छुटको सन्दर्भमा, ११.११ मा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्ड मार्फत १५ प्रतिसत वा अधिकतम रु ३००० र क्रेडिट कार्ड मार्फत १५ प्रतिसत वा अधिकतम रु ३५०० बचत गर्न सक्नेछन् । नबिल बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, नेपालएसबीआई बैंक, बैंक अफ काठमाडौँ, मेगा बैंक, एनसीसी बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक र सांग्रिला बैंकका ग्राहकहरूले माथि उल्लेखित छूटहरू प्राप्त गर्न सक्नेछन् । यी प्रिपेमेन्ट छुटहरू सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछन् । तसर्थ, ग्राहकहरूलाई ११.११ सुरु हुने बित्तिकै छूटहरू प्राप्त गर्न अनुरोध गरिन्छ ।
यसैगरी एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट शुन्य प्रतिसत ब्याजमा सजिलो मासिक किस्ता योजनाको मजा लिन सक्नेछन् । साथै,आईएमईपे वा ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १५ प्रतिसत वा अधिकतम रु ११११ सम्मको अतिरिक्त छुट पाउन सक्नेछन् । दराज प्रयोगकर्ताहरुलाई छुट प्राप्त गर्नको लागि आफ्नो बैंक कार्ड सक्रिय गर्न सल्लाह दिईन्छ ।
यस वर्षको ११ .११ मा नयाँ रियलमि जीटि नियो टु जीको विशेष लन्चको साथै फेसन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहर, र थप अन्य विभिन्न कोटीहरूमा विशेष डिल्स र प्रस्तावहरू रहेको छ । सामसंग, फिलिप्स, रोटो, सिजी डिजीटल, लेनोभो र अन्य गरी २२ प्रचालित ब्रान्डहरूले विशेस छुट दिने जानकारी संगसंगै टिभीएस, कोका कोला र सन्सिल्क ११.११का विशेष साझेदारहरू रहेको कुरा पनि कम्पनीले जनाएको छ ।
सामन्यतयारुपमा ११.११ अभियानको बारे कुरा गर्दै, दराजका सीईओ र संस्थापक, बियार्के मिकेलसन्स भन्छन, यस वर्ष, हामी यो सुनिश्चित गर्न चाहन्छौं कि ११.११ भनेको उत्कृष्ट सौदा, छुटहरु मात्रनभई अद्वितीय र नवीन प्रयोगकर्ता अनुभव प्रदान गर्ने एउटा मध्यम पनि रहोस । हामीले ग्राहकहरुको समग्र शपिंग अनुभवलाई सुधार गर्न र सरल बनाउन कडा मेहनत गरिरहेका छौं ताकी ग्राहकहरूलाई ११.११ को समयमा उत्पादनहरू फेला पार्न सजिलो होस र सम्पूर्ण प्रक्रिया–ब्राउजिङदेखि खरिदसम्म–निर्बाध र सीधा रहोस ।