neapl investment mega bank

सुनको मूल्य प्रतितोला रु ९४ हजार

Nov 11th, 2021

काठमाडौँ, २५ कात्तिक

आज ​सुनको मूल्य बढेको छ । बुधबार तोलामा ९२ हजार ७०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १३०० ले बढेर ९४ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १३०० ले बढेर ९३ हजार ५०० मा कारोवार भएको छ । यस अघि बुधबार तेजावी सुन रु ९२ हजार २०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला रु २० ले बढेको छ । आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु एक हजार २७० तोकेको छ । यस अघि बुधबार चाँदी प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।