neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधान सेनापतिको भारतीय सेनाध्यक्ष जनरल मनोज मुकन्द नरवणेसँग भेटघाट

प्रधान सेनापतिको भारतीय सेनाध्यक्ष जनरल मनोज मुकन्द नरवणेसँग भेटघाट

Nov 10th, 2021

काठमाडौ, कात्तिक २४

प्रधान सेनापति महारथी प्रभुराम शर्माले भारतीय सेनाध्यक्ष जनरल मनोज मुकन्द नरवणेसँग भेटघाट गरेकाछन । यही कात्र्तिक २३ गते (तदनुसार ९ नोभेम्बर २०२१) देखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी शर्माले सोही दिन भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेसंग भेटघाट तथा छलफल गरेका हुुन ।

उक्त भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो । उक्त छलफल पश्चात प्रधान सेनापति महारथी शर्मालाई इण्डिया युएस सेक्युरिटी प्रस्पेक्टिभको बारेमा प्रस्तुतिकरण समेत गरिएको थियो ।

यस भन्दा अगाडी उहाँले राष्ट्रिय समर स्मारकमा वीर शहिदहरुको सम्मानमा पुष्प गुच्छा अर्पण गरेका थिए । त्यसै गरी उहाँको सम्मानमा साउथ ब्लक लाउनमा भारतीय सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो ।