काठमाडौ, कात्तिक २४
प्रधान सेनापति महारथी प्रभुराम शर्माले भारतीय सेनाध्यक्ष जनरल मनोज मुकन्द नरवणेसँग भेटघाट गरेकाछन । यही कात्र्तिक २३ गते (तदनुसार ९ नोभेम्बर २०२१) देखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी शर्माले सोही दिन भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेसंग भेटघाट तथा छलफल गरेका हुुन ।
उक्त भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो । उक्त छलफल पश्चात प्रधान सेनापति महारथी शर्मालाई इण्डिया युएस सेक्युरिटी प्रस्पेक्टिभको बारेमा प्रस्तुतिकरण समेत गरिएको थियो ।
यस भन्दा अगाडी उहाँले राष्ट्रिय समर स्मारकमा वीर शहिदहरुको सम्मानमा पुष्प गुच्छा अर्पण गरेका थिए । त्यसै गरी उहाँको सम्मानमा साउथ ब्लक लाउनमा भारतीय सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो ।