neapl investment mega bank
  • गृहपृष्ठ
  • नबिल बैंकद्वारा दराजको ११.११ मा क्यास ब्याक अफर

नबिल बैंकद्वारा दराजको ११.११ मा क्यास ब्याक अफर

Nov 10th, 2021

काठमाडौ, कात्र्तिक २४

नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ । दराजसँगको साझेदरीमा यही कात्र्तिक २५ गते देखि यही मंसिर तीन गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत १५ प्रतिसत छुट वा अधिकतम तीन हजार रुपैयाँसम्म क्यास व्याक र क्रेडिट कार्ड मार्फत १५ प्रतिसत छुट वा अधिकतम तीन हजार पाँच सय रुपैयाँसम्म छुट पाउन सक्नेछन ।

उक्त अवसर शुरु हुन केहिदिन मात्र रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहकहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्या कअफरको लाभ लिन सक्नेछन । सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दे आएको छ । बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाकोरुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।