काठमाडौ, कात्र्तिक २३
आन्तरिक पर्यटन प्रर्वधनको उद्देश्यसहित नेपालमा हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङको आयोजनामा काठमाडौँ– लोमान्थाङ मोटरसाइकल यात्रा सुरु भएको छ । हिरो एक्सप्लस २०० मोटरसाइकल खरिद गरेका ग्राहकलाई लोमान्थाङ भ्रमण गराउनका लागि यात्रा थालिएको नेपाल जनरल मार्केटिङले जनाएको छ ।
सोमबार बिहान प्रदर्शनी मार्गस्थित नेपाल पर्यटन बोर्टबाट यात्रा सुरु भएको हो। यात्रामा सहभागी ३० जना भन्दा बढीले काठमाडौँ–पोखरा–लेते–जोमसोम–मुक्तिनाथ हुँदै लोमान्थाङसम्मको करिब ९०० किलोमिटर यात्रा गर्ने छन् ।
नेपाली फुटबल टीमका कप्तान किरण चेम्जोङले सोमबार बिहान भृकुटीमण्डपमा फ्ल्याग अफ गरेर यात्राको औपचारिक सुरुवात गरेका हुन् । उनले यात्रामा सहभागी सबै मोटरसाइकल चालकहरुलाई अनुशासित भएर सतकर्ता अपनाउँदै भ्रमण पूरा गर्न आग्रह गरे । यस्तै कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने नेपाल पर्यटन बोर्डका प्रतिनिधिले बताएका छन् ।