neapl investment mega bank
  • गृहपृष्ठ
  • आइएमई जनरल इन्स्योरेन्स र पिक मी बीमा सेवाबिच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र पिक मी बीमा सेवाबिच सम्झौता

Nov 8th, 2021

काठमाडौ, कात्र्तिक २२

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मी बिच दुर्घटना बीमासेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेकाछन । सम्झौता पश्चात पिक मीका चालक र पिक मी प्रयोग गर्ने सबै ग्राहकहरुको एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ ।

सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मी का अध्यक्ष अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट पिक मी का चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गर्दै कम्पनीको तर्फबाट चालक तथा पिक मी ग्राहकले राईड सेयररिङ, फुड डेलिभरी, लगेस्टिक सर्पोट, मार्ट एउटै एप बाट गर्ने व्यवस्था रहेको र सो एप प्ले स्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यहोरा जानकारी गराए ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पिक मी का चालक र ग्राहकहरुलाई कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा पिक मीका अध्यक्ष लगायत पिक मी टिमलाई धन्यवाद दिंदै पिक मी प्रयोग गर्ने चालक र सबै ग्राहकहरुलाई दुर्घटना बीमा गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त अवसरमा श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमाप्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमासेवा लिन पनि सबैमा आग्रह गरे ।