neapl investment mega bank
  • गृहपृष्ठ
  • असोजसम्ममा ६ अर्ब ८० करोड पुनरकर्जा वितरण, कस्ले पायो ?

असोजसम्ममा ६ अर्ब ८० करोड पुनरकर्जा वितरण, कस्ले पायो ?

Nov 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,कात्तिक २२

कोरोना महामारीकाबाट प्रभावित भएका उद्योग व्यवसायलाई ब्याजदरमा सहुलियत दिदै आर्थिक क्रियाकलाप बिस्तारका लागि भनेर ल्याइको पुनरकर्जा असोज मसान्तसम्म ६ अर्ब ८० करोड रुपैयाँ प्रवाह भएको छ । तर यसरी बितरण भएको कर्जामा साना खालका व्यवसायी भन्दा पनि ठूलाले पाएको देखिन्छ ।

बैकका कर्मचारीसँग नजिकको सम्वन्ध राखेका यस्ता ठूला घरानाले नै पुनरकर्जा पाएको व्यवसायीको तर्क छ । घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष उमेश प्रसाद सिंह भन्छन् ‘यो पुनरकर्जामा बैंकका आसेपासे ब्यापारी र ठूला ब्यापारीकै हालीमुहाली भयो, जबकी यो व्यवस्था साना व्यवसायीको अगुवाईमा आएको हो । ’

गत असार मसान्तसम्म ४६ अर्ब १३ करोड ३ सय ४० जनाले पुनरकर्जा लगेको राष्ट्र बैंकको आकडा छ । जसमा देशमा नाम चलेका ठूला घराना तथा व्यवसायीहरु मात्रै देखिन्छ ।

नेपाल राष्ट्र बैंककाअनुसार असोज मसान्तसम्म बिशेष पुनरकर्जा १ अर्ब ८० करोड र साधारण पुनरकर्जा ४ अर्ब ९३ करोड रुपैयाँ प्रवाह भएको छ । यस्तो पुनरकर्जा ५५ जना ऋणीले पाएका छन् ।

बिशेषपुनरकर्जा राष्ट्र बैकले बैंकहरुलाई १ प्रतिशतमा बैंकलाई उपलब्धगराउँछभने बैंकले तीनप्रतिशतमाग्राहलाई ऋण उपलब्ध गराउँछन् । साधारण पुनरकर्जाभने राष्ट्र बैकले ३प्रतिशतमाबैंकलाई रकमउपलब्ध गराउँछ भने बैकले व्यवसायीलाई ५ प्रतिशतमायस्तो ऋण उपलब्ध गराउँछन् । यस्तो कर्जा भने पहुँचवालाले पाएको तर साना तथा मझौला उद्योगीहरुले पाउन नसकेको व्यवसायी बताउँछन् ।

गत वर्षको असोज मसान्तसम्म ३ अर्ब ८४ करोड लगानीमा रहेको थियो । तर, यसरी बढेको कर्जा महामारीबाट सबैभन्दा बढि प्रभावित भएकाले पाए कि पाएनन् यसको बारेमा राष्ट्र बैंकले अध्ययन गर्न जरुरी छ ।