neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बराबरीमा रोकियो मिलान डर्बी

Nov 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, कात्तिक २२

इटालियन सिरी (ए) फुटबलमा एसी मिलानल र इन्टर मिलान बराबरीमा रोकिएका छन।आइतबार राति भएको मिलान डर्बीमा एसी मिलानले इन्टर मिलानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा इन्टर मिलानको लागि हाकान कल्हनोग्लुले एक गोल गरे भने एसी मिलानले एक गोल आत्मघाती उपहार पाएको हो ।

खेलमा पहिलो अग्रता भने इन्टर मिलानले लिएको थियो। खेलको ११ औं मिनेटमा हाकान कल्हनोग्लुले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको १७ औं मिनेटमा इन्टर मिलानका स्टेफान डे भ्रिजले आत्मघाती गोल गरेपछि खेल एक-एक को बराबरीमा फर्कियो ।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र खेल बराबरीमा रोकिएको हो ।

बराबरीसँगै एसी मिलानले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । एसी मिलानको १२ खेलबाट ३२ अंक छ र दोस्रो स्थानमा छ । शीर्ष स्थानको नापोलीको पनि १२ खेलबाट ३२ अंक छ।इन्टर मिलानको १२ खेलबाट २५ अंक छ र तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi