neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पीएसजीको जितमा नेयमारको दुई गोल

Nov 7th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, कात्तिक २१
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले कठिनाई जित निकालेको छ ।शनिबार राति भएको खेलमा पीएसजीले बोर्डोलाई उसैको घरेलु मैदानमा ३-२ गोलले पराजित गरेको हो ।

बोर्डोको मैदानमा पीएसजीलाई जित दिलाउन नेयमारले दुई गोल गरे भने केलियन एम्बाप्पेले एक गोल गरे ।बोर्डोका अल्बर्थ एलिस र एम्बाय नियाङले एक-एक गोल गरे ।

खेलको २६औँ मिनेटमा नेयमारले एम्बाप्पेको पासमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए।

खेलको ४३ औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

दोस्रो हाफको ६३ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

खेलको ७८ औं मिनेटमा बोर्डोका अल्बर्थ एलिसले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए।

दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एम्बाय नियाङले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र पीएसजीले जित निकालेको हो ।

जितसँगै पीएसजीले १३ खेलबाट ३४ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ । पराजित बोर्डोको १३ खेलबाट १२ अंक छ र तालिकाको १६ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi