neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट सि.सं. २७ गुल्मपति तथा स्टाफ तालिम समापन

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट सि.सं. २७ गुल्मपति तथा स्टाफ तालिम समापन

Nov 4th, 2021

काठमाडौं, कात्र्तिक १८

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २७ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम बुधबार सम्पन्न भएको छ ।सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोही प्रतिष्ठानमा आयोजित उक्त तालिमको समापन समारोहमा सो तालिममा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी निरीक्षक न्यूटन पुरीलाई पुरस्कार प्रदान गर्नुकासाथै सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

महानिरीक्षक खनालले उक्त तालिम उत्कृष्ट ढंगबाट सम्पन्न गराउन विशेष भूमिका निर्वाह गर्ने सो तालिमका प्रशिक्षकहरुलाई समेत त्यसैअवसरमा प्रशंसापत्र प्रदान गर्नुभयो । त्यवअवसरमा उहाँले यस्ता तालिमबाट प्राप्त ज्ञान, कला र कौशलले अनुशासित, कर्तव्यनिष्ठ, नैतिकवान, दक्ष र कुशल नेतृत्व क्षमतायुक्त अधिकृत उत्पादनमा विशेष भूमिका खेल्ने उल्लेख गर्नुहुँदै संगठनले यस्ता व्यावसायिक तालिमहरु निरन्तर रुपमा संचालन गर्दै आईरहेको बताउनुभयो । महानिरीक्षक खनालले यस्ता व्यवसायिक तालिमबाट प्राप्त ज्ञान प्रशिक्षार्थीहरुले आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सिकाउदै सामुहिक भावनाकासाथ कार्यक्षेत्रमा क्रियाशिल रहि उत्कृष्ठ कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो ।

उहाँले यस्ता तालिमले अधिकृतहरुको बृत्तीविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने चर्चा गर्नुहुँदै राज्य प्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आईपर्न सक्ने विभिन्न चुनौतीहरुको समेत सामना गर्दै राष्ट्र र नागरिकले चाहेको जस्तो सेवा, सुरक्षा प्रदान गरी आपद् विपदमा परेकाहरुको उद्वार कार्यमा समेत तालिमबाट प्राप्त ज्ञान तथा कौशलले महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो ।१२ हप्ता अवधिको उक्त सिसिएससी तालिम ३५ जना सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् भने सो तालिममा सोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक सशांकध्वज कार्की उत्कृष्ट ठहरिएका छन् ।

उक्त तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, फौजको परिचालन, ट्याक्टिस, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका आन्तरिक तथा विभिन्न क्षेत्रका विषयविज्ञबाट समेत प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सो प्रतिष्ठानका कार्यकारी निर्देशक खड्ग बहादुर राई तथा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi