आधारभूमि संवाददाता
काठमाडौ, १७ कात्तिक
च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले क्लब ब्रुगलाई ४–१ गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन फिल फोडेन,रियाद महरेज,रहिम स्टर्लिंग र गेब्रियल जिससले एक-एक गोल गरे ।क्लब ब्रुगका जोन स्टोन्सले एक गोल गरे ।
जितसँगै सिटीले चार खेलबाट ९ अंक जोडेको छ र समूह (ए) को शीर्ष स्थानमा उक्लिएको छ ।अब सिटीलाई अन्तिम १६ मा प्रवेश गर्न एक अंक जोडेको छ र आवश्यक छ ।क्लब ब्रुगको चार खेलबाट चार अंक छ ।