neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • आर बि लेइप्जिगसँग बराबरीमा रोकियो पीएसजी

आर बि लेइप्जिगसँग बराबरीमा रोकियो पीएसजी

Nov 4th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १७ कात्तिक

च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) आर बि लेइप्जिगसँग बराबरीमा रोकिएको छ ।बुधबार राति आर बि लेइप्जिगको घरेलु मैदानमा भएको खेलमा लिभरपुल र लेइप्जिगले २–२ गोलको बराबरी खेल्दै अंक बाँढेका हो ।

खेलमा पीएसजीको लागि जर्जिनियो विजनाल्डमले दुई गोल गरे भने आर बि लेइप्जिगको लागि क्रिस्टोफर एनकुन्कु र डोमिनिक स्जोबोस्ज्लैले एक-एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता लेइप्जिगले लिएको थियो । खेलको आठौं मिनेटमा क्रिस्टोफर एनकुन्कुले गोल गर्दै लेइप्जिगलाई अग्रता दिलाएका थिए।

तर,खेलको २१ औं मिनेटमा पीएसजीका जर्जिनियो विजनाल्डमले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ३९ औं मिनेटमा जर्जिनियो विजनाल्डमले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

तर, दोस्रो हाफको इन्जुरि समयमा लेइप्जिगका डोमिनिक स्जोबोस्ज्लैले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै पीएसजीको चार खेलबाट आठ अंक छ र समूह ए को दोस्रो स्थानमा छ । लेइप्जिगको चार खेलबाट एक अंक रह्यो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi