neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एट्लेटिको मड्रिडलाई हराउँदै लिभरपुल अन्तिम १६ मा प्रवेश

एट्लेटिको मड्रिडलाई हराउँदै लिभरपुल अन्तिम १६ मा प्रवेश

Nov 4th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १७ कात्तिक

च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा लिभरपुलले एट्लेटिको मड्रिडलाई २–० गोलले पराजित गरेको हो ।

एनफिल्डमा लिभरपुललाई जित दिलाउन डिओगो जोटा र साडियो मानेले एक-एक गोल गरे ।

खेलको १३ औं मिनेटमा डिओगो जोटाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको २१ औँ मिनेटमा साडियो मानेले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

खेलको ६६ औं मिनेटमा एट्लेटिको मड्रिड १० खेलाडीमा समेटिएको थियो ।एट्लेटिकोका फेलिपले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

जितसँगै समूह बि’मा रहेको लिभरपुलले चार खेलबाट १२ अंक जोडेको छ र अन्तिम १६ मा प्रवेश गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi