neapl investment mega bank
  • गृहपृष्ठ
  • सानिमा बैंकको अध्यक्षमा तुक प्रसाद पौडेल नियुक्त

सानिमा बैंकको अध्यक्षमा तुक प्रसाद पौडेल नियुक्त

Nov 3rd, 2021

काठमाडौ, कात्र्तिक १७

सानिमा बैंक लिमिटेडको संचालक समितिको अध्यक्ष पदमा तुकप्रसाद पौडेल नियुक्त भएकाछन । बैंकको संचालक समितिको बैठकले वहाँलाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

बैंकको नवनियुक्त अध्यक्ष तुक प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी समक्ष आफ्नो ओहोदाको सपथ ग्रहण गरेको छ । पौडेल यसअघि पनि बैंकको संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि निरन्तररुपमा संचालक रही कार्य गरिसककाछन ।

नर्वेबाट हाइड्रोपावर डेभलोप्मेन्टमा स्नातकोत्तर गरेका पौडेल पेशाले हाइड्रोपावर र हाइड्रोलिक इन्जिनियर रहेकाछन भने देशभित्र हाइड्रो विज्ञकारुपमा परिचित रहेकाछन । विगत २४ वर्षको पेशागत अनुभव संगालेका पौडेलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियतहमा उच्चस्तरको तालिममा सहभागी भएकाछन ।