neapl investment mega bank
  • गृहपृष्ठ
  • शंखधर साख्वाबाट धेरै सिक्नुपर्नेमा जोड

शंखधर साख्वाबाट धेरै सिक्नुपर्नेमा जोड

Nov 3rd, 2021

भक्तपुर, कात्र्तिक १७

नेपाल सम्वतका प्रबद्र्धक शंखधर साख्वाबाट अहिलेका शाशकहरुले धेरै कुरा सिक्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नयाँं वर्ष नेपाल सम्वत् ११४२ को अवसरमा सूर्यविनायक लायन्स क्लवले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले जनताको श्रृण मुक्त गरिदिएका शंखधर साख्वा अहिलेका राजनीतिक नेताहरुका लागि उदाहरण भएको बताए ।

भक्तपुरका डिष्टिक गभर्नर लाइन केशव पाण्डेले नयाँ वर्ष नेपाल सम्वत नेवारको मात्रै सम्वत नभई सवैको संवत भएको बताए । आयोजक सूर्यविनायक लायन्स क्वलका अध्यक्ष विष्णुभक्त मारिखूले शंखधरबाट धेरै सिक्न सकिने भन्दै नेपाल सम्वतका प्रबद्र्धनमा जोड दिए ।
लायन्सहरु डा ज्योति महर्जन, डा शुशिला मल्ल, दिनेश श्रेष्ठ, उतम झा, कुमार उपाध्याय, पद्युम्न पोखरेल, केपी अवाललगायतले नेपाल सम्बतको प्रबद्र्धनमा सरकारले विशेष ध्यानदिनुपर्ने खाँंचो औंलाए । नेपाल सम्वत् प्रत्येक वर्ष तिहारको गोवद्र्धन पूजाको दिन फेरिन्छ । त्यस अनुसार यो वर्ष यो दिन शुक्रबार परेको छ ।