भक्तपुर, कात्र्तिक १७
नेपाल सम्वतका प्रबद्र्धक शंखधर साख्वाबाट अहिलेका शाशकहरुले धेरै कुरा सिक्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नयाँं वर्ष नेपाल सम्वत् ११४२ को अवसरमा सूर्यविनायक लायन्स क्लवले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले जनताको श्रृण मुक्त गरिदिएका शंखधर साख्वा अहिलेका राजनीतिक नेताहरुका लागि उदाहरण भएको बताए ।
भक्तपुरका डिष्टिक गभर्नर लाइन केशव पाण्डेले नयाँ वर्ष नेपाल सम्वत नेवारको मात्रै सम्वत नभई सवैको संवत भएको बताए । आयोजक सूर्यविनायक लायन्स क्वलका अध्यक्ष विष्णुभक्त मारिखूले शंखधरबाट धेरै सिक्न सकिने भन्दै नेपाल सम्वतका प्रबद्र्धनमा जोड दिए ।
लायन्सहरु डा ज्योति महर्जन, डा शुशिला मल्ल, दिनेश श्रेष्ठ, उतम झा, कुमार उपाध्याय, पद्युम्न पोखरेल, केपी अवाललगायतले नेपाल सम्बतको प्रबद्र्धनमा सरकारले विशेष ध्यानदिनुपर्ने खाँंचो औंलाए । नेपाल सम्वत् प्रत्येक वर्ष तिहारको गोवद्र्धन पूजाको दिन फेरिन्छ । त्यस अनुसार यो वर्ष यो दिन शुक्रबार परेको छ ।