neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सदस्य सचिव नियुक्तीका लागि सिफारीस समिति गठन

सदस्य सचिव नियुक्तीका लागि सिफारीस समिति गठन

Nov 3rd, 2021

काठमाडौ, कात्र्तिक १७

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिका लागि सिफारीस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रीस्तरीय बैठकले मन्त्रालयका निमित्त सचिव डा. कमल प्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय सिफारीस समिति गठन गरिएको हो ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा ३ बमोजिम पोखरेलको संयोजकत्वमा डा. कमला ज्ञवाली (वाण गंगा १, पिपरा कपिलवस्तु) र हरिबहादुर श्रेष्ठ (काठमाण्डौं नगरपालिका १३, ताहचल) सदस्य रहने गरी समिति गठन गरिएको हो ।यसअघि मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले अर्को ब्यवस्था नहुदासम्मको लागि मन्त्रालयका सहसचिव विष्णुराज ढकाललाई राखेपको निमित्त सदस्य सचिवको जिम्मेवारी तोकिएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi