neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लेवान्डोस्कीको ह्याट्रिकमा बायर्न म्युनिख नकआउट चरणमा

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्न म्युनिख नकआउट चरणमा

Nov 3rd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १६ कात्तिक
च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिख नकआउट चरणमा प्रवेश गरेको छ ।मंगलबार राति भएको खेलमा बायर्न म्युनिखले बेन्फिकालाई ५-२ गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे भने सर्ज गनब्र्य र लेरो सानेले एक-एक गोल गरे।बेन्फिकाका मोराटा र डार्विन नुनेजले एक-एक गोल गरे।

खेलको २६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३२ औं मिनेटमा सर्ज गनब्र्यले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

खेलको २५ औं मिनेटमा बेन्फिकाका मोराटाले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए।

खेलको ४९ औं मिनेटमा बायर्नका डार्विन नुनेजले गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए।

खेलको ६१ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ ले अघि बढाए।

खेलको ७४ औं मिनेटमा बेन्फिकाका डार्विन नुनेजलेले गोल गर्दै खेल ४-२ को स्थितिमा ल्याए।

त्यसपछि खेलको ८४ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे र टोलीलाई ५-२ को जित दिलाए ।

जितसँगै समूह ‘ई’मा रहेको बायर्नले चार खेलबाट १२ अंक जोडेको छ र नकआउट चरणमा पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi