neapl investment mega bank
  • गृहपृष्ठ
  • खुकुरी रमद्धारा आफ प्याकेजिङ परिवर्तन

खुकुरी रमद्धारा आफ प्याकेजिङ परिवर्तन

Nov 2nd, 2021

काठमाडौ, कात्र्तिक १६

नेपालको स्थापित र अग्रणी ब्राण्ड खुकुरी रमले आफ्नो प्याकेजिङ(प्याक) परिवर्तनको निर्णय गरेको छ । स्थापनाको ६२ वर्षपछि समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुपमा बजारमा उत्रिने निर्णय गरेको हो । यो निर्णयअनुसार चाँडै विश्वस्तरीय नयाँ प्याकसहित बजारमा आउने तयारी समेत तीव्र गतिमा अगाडि बढेको छ ।

रमको प्याकेजिङ तथा बोटलको लुक्स निकै आकर्षक बनाईएको छ । प्याकेजिङ परिवर्तन भए पनि ब्लेण्ड र स्वादमा भने कुनै परिवर्तन गरिनेछैन । नयाँ प्याकेजिङसहितको खुकुरी रम तिहार र छठपछि बजारमा आउँदैछ । २० वर्षदेखि ग्राहकको हृदयमा रहेको खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरु एक महिनाअघि नै बन्द भइसकेका छन् । तर, नयाँ प्याक लञ्च नहुञ्जेल बजारमा रहने भएकाले बीसौ वर्षदेखि ग्राहकहरुको हृदयमा राज गरेको खुकुरी रमको पुरानो प्याक सम्झनाका लागि ग्राहकहरुले राख्न सक्नुहुनेछ । हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तराष्ट्रिय बजारमा एकैसाथ परिवर्तन हुन लागेको हो । खुकुरी रमको वर्षौदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षाअनुरुप परिस्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरुको मन जित्ने विश्वास खुकुरी रमको उत्पादक, नेपाल डिस्टीलरिजका महाप्रबन्धक शुभाष लाामिछानेले व्यक्त गर्नुभएको छ ।

तयार भई बजारमा आउने लागेको सो नयाँ प्याकेजिङको विषयमा बोल्दै महाप्रबन्धक लामिछानेले भन्नुभयो –‘हामीले स्थानीयदेखि विश्व बजारसम्मका हाम्रा अमूल्य ग्राहकहरुको सुविधा तथा चाहनालाई ध्यानमा राखेर खुकुरी रमको नयाँ प्याक डिजाइन गरेका हौं । नयाँ प्याकमा समेत हामीले खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखेका छौँ । यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रुपमा ध्यान दिएका छौं । बरु त्यो अनुभव अझ विशेष बनोस् भन्ने हाम्रो चाहना हो ।’

कोभिड १९ संक्रमणको जोखिम कायमै रहेका कारण खुकुरी रमको नयाँ प्याकको अनलाइन लञ्चिङ हुनेछ । नयाँ प्याकको स्वरुप र गुणस्तरीयताको विषयमा उत्सुक भएर व्यग्रताका साथ प्रतिक्षा गरिरहनुभएका हाम्रा तमाम ग्राहकहरुलाई लञ्चिङ हुने दिन र अन्य विस्तृत जानकारी हामी केही दिनपछि सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँछौं ।

खुकुरी रम नेपालको अत्यन्त रुचाइएको ब्रान्ड हो । यसको गुणस्तर सर्वश्रेष्ठ रहँदै आएको छ । नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी पनि हो । स्थापनाकालदेखि नै खुकुरी रमले ग्राहकहरुको मनमा एकछत्र राज गरिरहेको छ ।