neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चोरी पैठारीको लत्ताकपडासहित सशस्त्र प्रहरीद्वारा पक्राउ

चोरी पैठारीको लत्ताकपडासहित सशस्त्र प्रहरीद्वारा पक्राउ

Nov 2nd, 2021

काठमाडांै, कात्र्तिक १६

सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट कार्तिक १६ गते सशस्त्र प्रहरीले करीव ८४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २७ बर्षिय बैवा प्रसाद मण्डल र २६ वर्षिय रन्जित कापर छन् । बीआर ३२ एक्स ४२५९ नम्बरको भारतीय मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडासहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेल्डीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद लत्ताकपडासहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय राजविराजमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख रुपैयाँ रहेको छ । यसैगरी कैलाली जिल्लाको कैलाली गाउँपालिका ५ स्थित छोटिपलिया ईलाकाबाट कार्तिक १६ गते सशस्त्र प्रहरीले करीव २ लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, बिडी र सुर्ती बरामद गरेको छ ।

से ५ प ८२८१ नम्बरको मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेल बिछवाबाट खटिएको सशस्त्र प्रहरीले कार्तिक १६ गते भारतबाट अवैध रुपले ल्याउँदै गरको करीव १ लाख ३८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ लक्ष्मिपुरस्थित बेल बिछवाबाट बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi