neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सञ्चार सम्बन्धी कानुनका विषयमा कानुन मन्त्रीसंग अन्तरक्रिया

सञ्चार सम्बन्धी कानुनका विषयमा कानुन मन्त्रीसंग अन्तरक्रिया

Nov 2nd, 2021

काठमाडौ, कात्र्तिक १६

नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी कानुनका विषयमा कानुन न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुसंग अन्तरक्रिया गरेको छ ।पछिल्लो समय संघ, प्रदेश एंव स्थानीय सरकारले प्रेस स्वतन्त्रता विरोधी कानुन निर्माण गर्नथालेपछि त्यसप्रति असहमति राख्दै महासंघले विरोध गर्दै आएको छ ।

महासंघमा आज भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि कानुन न्याय तथा संसदिय मामिला मन्त्री बडुले प्रेस स्वतन्त्रता विना कुनैपनि संस्थाको स्थायीत्व नहुने भन्दै त्यसतर्फ सरकार सचेत रहेको बताउनुभयो । उहाँले मिडिया काउन्सिल विधेयक लगायत सञ्चारसम्बन्धी कानुनमा रहेको प्रेस स्वतन्त्रता विरोध प्रावधान सरोकारवालासंग छलफल गर्ने र त्यसलाई प्रेस मैत्री बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै, उहाँले ‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुने पत्रकारलाई हार्दिक बधाइ दिनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले विगतका सरकारसंग पनि नेपाल पत्रकार महासंघले प्रेस मैत्री कानुन निर्माण गर्न आग्रह गरेको भन्दै प्रेस विरोध कानुनप्रति महासंघको सधै असहमति रहने बताउनुभयो ।उहाँले प्रजातान्त्रीक मुल्यमान्यताका आधारमा कानुन निर्माण हुनुपर्ने भन्दै सरोकारवालासंगको छलफल विना नै सरकारले कानुन निर्माण गरिरहेको बताउनुभयो । ‘अघिल्लो सरकारले बनाएका कानुनका मस्यौदाहरुको अध्ययन गर्न उच्चस्तरीय आयोग बनाउन पत्रकार महासंघ माग गर्दछ’ पोख्रेलले भन्नुभयो । नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष विकाशराज न्यौपानेले नेपालको ग्रामीण क्षेत्रमा रहेर जनतालाई सुसूचित गर्नेमध्ये एकजना पत्रकारलाइ नेजाले नेजा ग्रामीण सामुदायीक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्दैआएको बताउनुभयो । उहाँले भौतिक रुपमा आफुहरु अमेरिकामा भएतापनि नेपालको पत्रकारिताको विकासका लागि योगदान दिन इच्छुक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सरोकारवालाको उपस्थिति बिनानै सरकारले प्रेस सम्बन्धी कानुन बनाउन लागेको भन्दै त्यसो नर्गन सरकारलाइ आग्रह गर्नुभयो । उहाँले आमसञ्चार सम्बन्धी छाता कानुन निर्माण गर्न आवश्यक रहेको भन्दै सरोकारवालासंग छलफल गरी कानुन निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाँउलले समाचार लेखेकै अधारामा लाखौं जरिवाना र बर्षौं जेलहाल्न सक्कनेगरी कानुनहरु निर्माण भइरहेको भन्दै त्यस्ता प्रेस स्वतन्त्रता विरोधी कानुन सच्याउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले नेजासंग महासंघको सहकार्य सन् २०११ देखि नै रहेको भन्दै प्रसंशा गर्नुभयो ।सोही कार्यक्रममा ‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत पत्रकार अनु आचार्यले ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्न चुनौति रहेको भन्दै पुरस्कारले आगामी दिनमा पेशाप्रति क्रियाशिल हुन हौसला प्रदान गरेको बाउनुभयो । कार्यक्रमको सहजता महासंघका महासचिव रोसन पुरीले गर्नुभएको थियो ।

‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’बाट सम्मानित पत्रकार आचार्यलाई दुई लाख २२ हजार दुईसय २२ रुपैयाँ र प्रमाणपत्रबाट सम्मानित गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi