neapl investment mega bank
  • गृहपृष्ठ
  • १७ अर्ब मात्रै लगानीयोग्य रकम, बैंकमा कर्जा दिने पैसाको हाहाकार

१७ अर्ब मात्रै लगानीयोग्य रकम, बैंकमा कर्जा दिने पैसाको हाहाकार

Nov 2nd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, कात्तिक १६

बैंकिङ क्षेत्रमा अहिले १७ अर्ब मात्रै लगानीयोग्य रकम रहेको छ । असार यता बैंकहरुले ३ खर्ब ५१ अर्ब बराबर कर्जा प्रवाह गरेका छन् । र, यहि बिचमा ७० अर्ब मात्रै निक्षेप संकलन भएको छ।

उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भने सरकारले राजस्व उठाउने तर गर्नुपर्ने खर्च बढाउन नसकेकाले तरलता अभावको स्थिती आएको बताएका छन् । लगानीयोग्य रकमको अभावसँगै कर्जाको ब्याजदर माथि जाने हो भने सरकारले यो वर्ष लक्ष्य राखेको सात प्रतिशतको बृद्धि संभव नभएको उनको तर्क छ ।

बैकहरुले स्रोत भन्दा बढि कर्जा प्रवाह गरेकाले अहिले तरलता अभावको स्थिती सिर्जना भएको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।

यसरी गरिएको लगानीबाट दिर्घकालमा आउन सक्ने समस्याका बारेमा समयमै बैंकहरुले नसोचेका कारण अहिले बैंकिङ क्षेत्रमा तरलता अभावको स्थिती सिर्जना भएको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको तर्क छ ।

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको तरलता अभाव कारण र समाधान विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै गभर्नर नेपालले बैंकहरुलाई संयमित भएर लगानी गर्न आग्रह गरेका छन् ।

गत वर्ष महामारीका कारण थुप्रिएको निक्षेपलाई बैंकहरुले सेयर लगानीकर्ताहरुलाई फोन गरेर बोलाएर ऋण लान आग्रह गरेका थिए ।

बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले भने असार यता बैंकहरुले अनुमान गरेजसरी निक्षेप नआएको तर कर्जा भने अनुमान गरेभन्दा बढि आएकाले यस खालको समस्या आएको बताएका छन् ।

साथै उनले अब कर्जा के कस्तो क्षेत्रमा केन्द्रित गर्ने र केमा अलि कम गर्ने भनेर नियामक निकायले सोच्नुपर्ने बताएका छन् ।