neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल उद्योग परिसंघमा स्टार्ट अप्स अभियान समिति गठन

नेपाल उद्योग परिसंघमा स्टार्ट अप्स अभियान समिति गठन

Nov 1st, 2021

काठमाडौ, कात्र्तिक १५

नेपालमा नवप्रवर्तनकारी व्यवसाय (स्टार्टअप्स) को प्रवद्र्धनका लागि नेपाल उद्योग परिसंघले स्टार्ट अप्स अभियान समिति गठन गरेको छ । युवा उद्यमी आयुषी केसीको सभापतित्वमा गठन भएको समितिको कोअर्डिनेटिङ उपाध्यक्षमा परिसंघका उपाध्यक्ष रोहित गुप्ता रहेकाछन ।
नेपालमा स्टार्टअप्सलाई अभियानकारुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको स्थापित गर्ने उद्देश्यसले समिति गठन गरिएको छ । समितिले नेपालमा स्टार्टअप्सको निरन्तर प्रवद्र्धनको काम गर्नेछ ।

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्टार्टअप्सलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको भन्दै त्यसको कार्यान्वयनका लागि समितिले सरकारसँग सहकार्यक्रमा काम गर्न सक्ने बताए । उनले व्यवसायका स्वरुपहरु परिवर्तन भइरहेको भन्नुहुँदै नयाँ क्षेत्रहरुमा काम गर्ने संभावना रहेको उल्लेख गरे ।

“अहिले व्यवसायमा परिवर्तन भइहेका छन्, यसै समिति मार्फत मेन्टरसिपको काम गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “सरकारले ५ वटासम्म स्टार्टअप्सलाई १ लाख रुपैयाँका दरले प्रदान गर्न सकिने भनेको छ, त्यसमापनि यस समितिले काम गर्न सक्छ ।”

यसैगरी परिसंघका उपाध्यक्ष रोहित गुप्ताले यस समितिमार्फत व्यवसायमा आएका नयाँ नयाँ सोचबारे सदस्यहरुलाई जानकारी गराउन सकिने बताए । समितिकी सभापति आयुषी केसीले कोरोना महामारीका कारण २५ प्रतिशत स्टार्टअप्स बन्द भएको बताउँदै यस्ता व्यवसायको सफलताको दर असाध्यै कमजोर रहेको उल्लेख गरे । उनले सन् २०२२ को मार्चभित्रमा नेपालमा स्टार्टअप्स सम्मेलन गर्ने सोच यस समितिको रहेको जानकारी गराए ।

समितिको सहसभापतिमा चाङ अग्रवाल रहनु भएको छ । यसैगरी समितिको सदस्यहरुमा सागरदेव भट्ट, अमुनथापा, रुपेशकृष्ण श्रेष्ठ, मनिष श्रेष्ठ, प्राची अग्रवाल, तेजिङ गोन्सर डा मनिष थापा, लतिका गोल्यान, शिखर पण्डित, सुमन रायमाझी र इमरान अली रहेका थिए ।