neapl investment mega bank

सानिमा बैंकको १७ औं साधारण सभा सम्पन्न

Nov 1st, 2021

काठमाडौ, कात्र्तिक १५

सानिमा बैंक लिमिटेडले कार्तिक १४ गते आईतबारका दिन १७ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । कोभिड १९ भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाइ शेयरधनीहरुको उपस्थितिमा बैठक सम्पन्न गरिएको बैंकले जानकारी दिएको छ । साथै अधिकतम शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था पनि बैकले गरेको थियो ।

बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पँुजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । संस्थापक समूहको तर्फबाट संचालक समितिमा तुक प्रसाद पौडेल, श्रीमती गायत्री थापा र डा. केशव प्रसाद आचार्य १७ औं वार्षिक साधारण सभाबाट सर्वसम्मतरुपमा निर्वाचित भएकाछन । बैंकका अनुसार तुक प्रसाद पौडेल र श्रीमती गायत्री थापा भने पुःननिर्वाचित भएका हुुन ।

आर्थिक बर्ष २०७७/७८ मा रु. २.३२ अर्ब खुद मुनाफा गरेको बैंकको कुल सम्पत्ति रु. १६०.७५ अर्ब, कुल निक्षेप रु. १३०.८८ अर्ब तथा खुद कर्जा सापटी रु १२३.१७ अर्ब रहेको छ । आर्थिक वर्ष २०७६/७७को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १८.८८, ३१.४५ र २७.२६ प्रतिशतले बृद्धि गरेको छ ।
बैंकको वित्तिय परिसूचक (असार मसान्त २०७८)

निष्क्रियकर्जा ०.१२ %
पुँजीकोष १३.५७ %
तरलता २२.१५ %
कर्जा निक्षेप अनुपात (मासिकऔसत)८२.३१%