neapl investment mega bank
  • गृहपृष्ठ
  • गौतम बुद्धको शान्ति सन्देश अझै सान्दर्भिक बन्दै गएको छ : अध्यक्ष तिमिल्सिना

गौतम बुद्धको शान्ति सन्देश अझै सान्दर्भिक बन्दै गएको छ : अध्यक्ष तिमिल्सिना

Oct 31st, 2021

काठमाडौ, कात्र्तिक १४

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतम बुद्धले प्रदान गर्नुभएको दर्शन र शान्तिको सन्देश अहिले झन् बढी सान्दर्भिक बन्दै गएको बताएकाछन । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विभानस्थलमा महाकरुणा बुद्धमूर्ति अनावरण कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले आज भन्दा २५ सय वर्ष अगाडी बुद्धले शान्ति र अहिंसाको लागि दिनुभएको सन्देश अहिले पनि सान्दर्भिक भएको बताएका हुुन ।
उक्त बुद्ध मूर्तिको आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलको प्रवेशद्वारामा अनावरण गर्नुभएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष तिमिल्सिनाले भने, ’लुम्बिनी बुद्धको जन्मस्थान मात्र होइन, बुद्ध दर्शनको मुहान नै हो । यो स्थान तिर्थयात्री, प्राज्ञ, अनुसन्धाता र अन्तिम सत्य र मुक्तिको खोजी गर्न चाहने जो कोहीका लागि आकार्षणको केन्द्र बनेको छ ।’

अध्यक्ष तिमिल्सिनाले बुद्ध दर्शनको साझा सम्पदाले नेपाललाई बाह्य विश्वसँग जोडेको बताए । ’विश्वका जुनसुकै स्थानमा रहेपनि हामी मानवजाति एक हौं र एक हुनुपर्दछ । विश्वमा अहिले एक देश र अर्को देश, एक जाति र अर्को जाति, एकै देशको पनि एक भाग र अर्को भाग भनेर झै–झगडा गर्ने र युद्धकै स्थितिमा पुग्ने अवस्था छ,’ उनले भने, ’विभिन्न जात जाति, भाषा भाषी र धर्म सम्प्रदायको नाममा हत्या हिंसा भइरहेका छन् । यस्तो हिंसा मानव जातिका लागि त्याज्य वा अस्वीकार्य हुनुपर्दथ्यो, तर विडम्बना त्यो भइरहेको छैन ।’

उहाँले लुम्बिनी गार्डेन फाउन्डेशनले बुद्धको शान्ति सन्देशलाई आत्मसाथ गर्दै स्पेनको एक्त्रेमादुरा प्रदेशको क्याथेरेस शहरमा लुम्विनि गार्डेन प्रोजेक्ट निर्माण गरिरहेको सन्दर्भ उल्लेख गर्दै भैरहवा विमानस्थलमा बुद्ध मूर्ति स्थापनामा फाउण्डेशनको पहल प्रशंसनीय रहेको बताए । ’नेपाललाई विश्वभरी चिनाउन लुम्विनी गार्डेन फाउन्डेसनले लुम्विनी र नेपाललाई विश्वभरका बुद्धधर्ममा सद्भाव राख्ने देशका नागरिकहरुसँग जोड्ने काम गरेको छ,’ उनले भने ।