neapl investment mega bank
  • गृहपृष्ठ
  • ज्योति विकास बैंकको ज्योति विकास बैंक बोन्ड २०८७ ऋणपत्र नेप्सेमा सुचीकृत

ज्योति विकास बैंकको ज्योति विकास बैंक बोन्ड २०८७ ऋणपत्र नेप्सेमा सुचीकृत

Oct 31st, 2021

काठमाडौ, कात्र्तिक १४

ज्योति विकास बैंकद्वारा निष्काशित रु. १.५ अर्ब बराबरको ९ प्रतिसत ज्योति विकास बैंक बोन्ड २०८७ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ । आइतबार एक कार्यक्रमकाबीच सो ऋणपत्र सूचीकरण गर्ने सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर गरेका हुुन ।

सम्झौता पश्चात् सो ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । सूचीकरण भएको ऋणपत्र धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार शुरु हुने बैकले जानकारी दिएको छ । बैंकले एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने ज्योति विकास बैंक बोन्ड २०८७ ऋणपत्र ९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरि १० वर्ष अवधिको लागि निष्काशन गरेको थियो ।

बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।