neapl investment mega bank
  • गृहपृष्ठ
  • नबिल बैंक र पोखरा विश्वविद्यालयबिच सम्झौता

नबिल बैंक र पोखरा विश्वविद्यालयबिच सम्झौता

Oct 31st, 2021

काठमाडौं, कात्र्तिक १४

नबिल बैंक र पोखरा विश्वविद्यालयबिच सम्झौता भएको छ । बैंकले पोखरा विश्वविद्यालयसँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि सम्झौता गरेको हो ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले हस्ताक्षर गरेकाछन । उक्त साझेदारीको मुख्य उद्देश्य बैंकले पोखरा विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रम अन्तर्गतका उद्यमशील परियोजना संचालन गरिरहेका उद्यमी विद्यार्थीहरुलाई कर्जा उपलब्ध गराई उद्यमशीलता विकास गर्ने रहेको बैकले जानकारी दिएको छ ।

सम्झौता कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत शाहले यस सम्झौताले नबिल बैंक र पोखरा विश्वविद्यालयको सम्बन्धमा नयाँ आयाम थपेको बताए ।