neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पहिलो हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिता सम्पन्न,खेलकुदमन्त्री अथकद्धारा खेलाडीलाई पुरस्कार वितरण

पहिलो हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिता सम्पन्न,खेलकुदमन्त्री अथकद्धारा खेलाडीलाई पुरस्कार वितरण

Oct 31st, 2021

काठमाडौ, कात्र्तिक १४

नेपालमा पहिलो पटक आयोजना गरिएको हाइ अल्टिच्युड रिङ रेस्लिङ प्रतियोगिता सम्पन्न भएको छ । दोलखाको चरिकोटस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा बिभिन्न ६ विधामा नेपाली रेस्लिङ खेलाडीहरु बिच प्रतिस्प्रर्धा भएको थियो ।

प्रतियोगितामा हेभी वेट च्याम्पियनको उपाधि चट्टानले उचालेकाछन । साविक विजेता नुवाकोटे टाइगरलाई हराउँदै चट्टान आरडब्लूको हेभी वेट च्याम्पियन बनेका हुन् । च्याम्पियन बनेका चट्टानले नगद १ लाख ५० हजार पुरस्कार सहित आरडब्लू बेल्ट प्राप्त गरेका छन । प्रतियोगिताको लाइट वेट म्याचको उपाधि सीजे वल्र्डले जिते । उनले उपाधि सहित ५० हजार रुपैयाँप्राप्त गरे । ट्याग टिम म्याचमाथगु र एक्स–हिरो संयुक्तरुपमा विजेताबने । उपाधि सहित दुवैले ७५ हजार रुपैयाँ प्राप्त गरे ।

लाइट हेभी वेट म्याचको च्याम्पियन डेभिड बने । साइनलाई हराउँदै उपाधि जितेका डेभिडले ५० हजार रुपैयाँ प्राप्त गरे । ट्रिपल थ्रेट हार्डकोरको विजेता द युभ बने । उनले १ लाख २० हजार रुपैयाँ प्राप्त गरे । रोयल ब्याटल म्याचमा साइन विजेता बने । उनले ४५ हजार रुपैयाँ प्राप्त गरे । बागमती प्रदेश खेलकुद विकास परिषद् र नेपाल रिङ रेस्लिङ संघले संयुक्तरुपमा पहिलो पटक हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिता आयोजना गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले उपाधि विजेता खेलाडीलाई पुरस्कार वितरण गर्नुभएको थियो । खेलाडीहरुको हौसला बढाउन चरिकोट पुगेकामन्त्री अथकले पुरस्कार बितरणका क्रममा खेलाडीहरुलाई थप लगनशिल भएर खेल क्षेत्रमा लाग्न प्रोत्साहन गर्नुभएको थियो । उहाँले नेपालमा पहिलो पटक संचालन भएको हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिताले खेलकुद क्षेत्रको विकासका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवापुग्ने बताउनुभयो ।

खेलकुद गतिविधिको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश र स्थानीयतहलाई अझ सक्रिय बनाउन आवश्यक रहेको बताउँदै मन्त्री अथकले प्रदेश खेलकुद परिषदको सक्रियता तारिफयोग्य रहेको भन्दै खुसी समेत व्यक्त गर्नुभयो । प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले केन्द्र, प्रदेश र स्थानीयतहको सहकार्यबाट मात्र खेलकुद पर्यटनको विकास गर्न सकिने धारणा राख्नुभयो ।
नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले आगामी दिनमा नेपालमै अन्तराष्ट्रियस्तरको हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिता संचालन गर्ने योजना रहेको बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi