neapl investment mega bank
  • गृहपृष्ठ
  • ‘पिरतीको खुल्ला आकाशमा’ रमाउदै निशा (हेर्नुस् भिडियाे)

‘पिरतीको खुल्ला आकाशमा’ रमाउदै निशा (हेर्नुस् भिडियाे)

Oct 31st, 2021

काठमाडौ, कात्र्तिक १४

तिहारको कोसेली स्वरूप गायिका निशा निशा कँडेलले ‘पिरतीको खुल्ला आकाशमा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।
रोमान्टिक भर्सनको यो गीतमा रमेश दहालको शब्द रहेको छ भने टिका दहालले गीतलाई संगीतवद्ध गरेका हुन् । गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ । अभि लामाले कोरियोग्राफी गरेको भिडियोमा स्वयम् गायिका निशा कँडेल फिचर्ड छिन् । फराज अर्पणको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।

लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई गायिका कँडेलको आधिकारिक च्यानल निशा कँडेल मार्फत भिडियो सार्वजनिक गरिएको हो । यसअघि गायिका कँडेलकोको स्वरमा तस्विर, म के भनु, नेपाली छोरी’ सधैलाई सार्वजनिक भैसकेका छन् ।