neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यानचेस्टर सिटी घरेलु मैदानमा पराजित

म्यानचेस्टर सिटी घरेलु मैदानमा पराजित

Oct 31st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, १४ कार्तिक

साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा घरेलु मैदानमा पराजित भएको छ ।शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसले १० खेलाडीमा समेटिएको सिटीलाई उसैको घरेलु मैदानमा २-० गोलले पराजित गरेको हो ।

सिटीको मैदानमा क्रिस्टल प्यालेसललाई जित दिलाउन विल्फ्रेड जाहा र कोनोर गालाघरले एक-एक गोल गरे।

खेलको छैटौं मिनेटमा विल्फ्रेड जाहाले गोल गर्दै क्रिस्टल प्यालेसललाई अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा म्यानचेस्टर सिटी १० खेलाडीमा समेटिएको थियो । सिटीका अमेरिक लापोर्टेले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा क्रिस्टल प्यालेसले उठायो ।

दोस्रो हाफको ८८ औं मिनेटमा क्रिस्टल प्यालेसका कोनोर गालाघरले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै क्रिस्टल प्यालेसले १० खेलबाट १२ अंक जोडेको छ र तालिकाको १३ औँ स्थानमा छ ।पराजित सिटीको १० खेलबाट २० अंक छ र तालिकाको तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi