neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

टोटेनहममाथि युनाईटेडको सहज जित

Oct 31st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, १४ कार्तिक

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाईटेडले
टोटेनहमलाई उसैको घरेलु मैदान ३–० गोलले पराजित गरेको हो ।

टोटेनहमको मैदानमा युनाईटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो,एडिन्सन काभानी र मार्कस रासफोर्डले एक एक गोल गरे।

खेलको ३९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६४ औं मिनेटमा एडिन्सन काभानीले रोनाल्डोको पासमा गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

त्यसपछि खेलको ८६ औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै युनाईटेडले दश खेलबाट १७ अंक जोडेको छ र तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पराजित टोटेनहमको दश खेलबाट १५ अंक छ र आठौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi