neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लेस्टर आर्सनलसँग घरेलु मैदानमा पराजित

लेस्टर आर्सनलसँग घरेलु मैदानमा पराजित

Oct 30th, 2021

आधारभूमि संवाददात

काठमाडौं, १३ कार्तिक

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेस्टर सिटीलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ ।शनिबार भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई २-० गोलले पराजित गरेको हो ।

लेस्टर सिटीको मैदानमा आर्सनललाई जित दिलाउन गाब्रियल र एमिल स्मिथ रोले एक-एक गोल गरे।

खेलको पाँचौं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए।

खेलको १८ औं मिनेटमा एमिल स्मिथ रोले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै आर्सनलले १० खेलबाट १७ अंक जोडेको छ र पाँचौं स्थानमा छ । पराजित लेस्टर सिटीको १० खेलबाट १४ अंक छ र दशौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi