neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको पीएसजीलाई १० अंकको अग्रता

शीर्ष स्थानको पीएसजीलाई १० अंकको अग्रता

Oct 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, १३ कार्तिक

फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले १० अंकको अग्रता बनाएको छ । शुक्रबार राति ले पार्क डेस प्रिन्सेस स्टेडियममा भएको खेलमा पीएसजीले लिलेलाई २-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा  पीएसजीलाई जित दिलाउन मार्किन्होस र एन्जेल डि मारियाले एक-एक गोल गरे।लिलेका जोनाथन डेभिडले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता भने लिलेले लिएको थियो।खेलको ३१ औँ मिनेटमा लिलेका जोनाथन डेभिडले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ७४ औं मिनेटमा पीएसजीका मार्किन्होसले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा पीएसजीका एन्जेल डि मारियाले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसंगै पीएसजीले १२ खेलबाट ३१ अंक जोडेको छ र शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ ।दोस्रो स्थानको लेन्सको ११ खेलबाट २१ अंक छ ।पराजित लिलेको १२ खेलबाट १५ अंक छ र ११ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi