neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • वातावरण मैत्री सेनिटरी प्याडको शुभारम्भ

वातावरण मैत्री सेनिटरी प्याडको शुभारम्भ

Oct 29th, 2021

काठमाडौ, कात्र्तिक १२

नेपाल सिआरएस कम्पनीले पहिलो पटक डडेल्धुरामा ‘फ्रीडम’ ब्रान्ड नामबाट वातावरण मैत्री सेनिटरी प्याडको शुभारम्भ गरेको छ । बिहीबार डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरामा रहेको उग्रतारा माविमा एक भव्य कार्यक्रमकाबिच सेनिटरी प्याडको शुभारम्भ गरेको हो । अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वरप्रसाद ओझा, जर्मन दूतावासका उपप्रमुख साइमन हेन्केले, केएफडब्लुका प्रमुख शंकरराज पाण्डेय, मिस नेपाल वल्र्ड २०१५ इभाना मानन्धर लगायतले विद्यालयका छात्राहरूलाई एक साथ प्याड हस्तान्तरण गर्दै शुभारम्भ गरेकाहुन् ।
ग्रामिण क्षेत्रमा मातृ तथा बालशिशु स्याहार सुधार आईसिएमसिसिआर कार्यक्रम अन्तरर्गत महिला तथा किशोरीहरूको महिनावारी स्वच्छता व्यवस्थापन र सुधारका लागि वातावरण मैत्री सेनिटरी प्याडको शुभारम्भ गरिएको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जर्मन सहयोग केएफडब्लुबीचको सहकार्यमा प्याडको शुभारम्भ गरिएको सिआरएसका प्रबन्ध निर्देशक जीवलाल पोखरेलले जानकारी दिएका छन् । यो कार्यक्रम सुदूरपश्चिम प्रदेशको डडेल्धुरासहित बैतडी, डोटी र बझाङमा लागू छ ।

यस कार्यक्रमले विद्यालयका छात्रा लगायत महिलाहरूमा महिनावारीका बेला सकारात्मक परिवर्तको ज्ञान दिने अपेक्षा लिइएको छ । कार्यक्रम सञ्चालन भएका जिल्लामा वातारण मैत्री प्याड सुथत मूल्य र सहजै उपलब्ध गराउनुका साथै महिनावारी भएका बेला स्वस्थ रहन र स्वच्छ वातावरण बनाउन व्यवस्थापनमा सहयोग पुगाउने लक्ष्य लिइएको छ ।

अमरगढी नगरपालिका डडेल्धुराका नगर प्रमुख विशेश्वर प्रासद ओझाले नेपाली समाजमा व्याप्त सामाजिक विभेद अन्त्य गर्न बायोडि ग्रेडेबल प्याडले सामाजिक बजारीकरणले महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै, यो भेदभाव अन्त्य गर्न सबैजना विशेष गरी समुदायका पुरुष सदस्यहरू एकजुट हुनुपर्ने बताए ।

विकास संस्थानका उपप्रमुख साइमन हेन्केलेले डडेल्धुरामा बायोडिग्रेडेबल प्याड सुरु गरेकोमा सीआरएसलाई बधाई दिएका छन् । विद्यालयमा निःशुल्क प्याडसहित नेपालले उल्लेख्य प्रगति गरेकोमा उनी प्रभावित भएको समेत बताएकाछन् । यसका बाबजुद पनि नेपालमा धेरै केटी तथा महिलाले महिनावारीका कारण समस्या भोग्नु परेको बताउदै केटी र केटा दुवैलाई यस विषयमा सिकाउनु महत्वपूर्ण रहेको बताएकाछन् । जर्मन विकास सहयोगले नेपालको यो महत्वपूर्ण विषयमा सहयोग गर्न पाएकोमा खुसी रहेको समेत उहाँले बताउनु भएको छ ।

कार्यक्रममा मिस नेपाल बर्र्ड २०१५ इभाना मानन्धरले महिनावारीलाई एक वरदानको रूपमा लिनुपर्ने बताइन् । ‘यो एक प्राकृतिक प्रक्रिया हो’ यसमा भेदभाव गर्नु हुदैन् भन्दै हरेक पुरुषहरूले आफ्ना परिवारका महिला सदस्यहरूलाई सम्मानपूर्वक व्यवहार गर्न अनुरोध समेत गरिन् ।
नेपाल सिआरएस कम्पनीका प्रबन्ध निर्देशक जिबलाल पोखरेलले नेपालका चार जिल्लामा जर्मन विकास बैंकको आर्थिक सहयोगमा कम्पनीले बायोडिग्रेडेबलको मार्केटिङ सुरु गर्ने बताए । कार्यक्रम कार्यान्वयन साझेदार संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुराको सहयोगमा प्याडहरू सिआरएस द्वारा मार्केटिङ गरिने समेत उनले बताएका छन् ।

नेपाल सी आर एस कम्पनीले सामाजिक बजारीकरणको सिद्धान्त अनुसार बिगत चार दशक भन्दा अघिदेखि परिवार योजना, मातृ तथा बाल स्वास्थ्य र यौन रोगको रोकथामका साधनहरुको बिक्रि वितरण तथा व्यवहार परिबर्तन सम्बन्धि कार्यक्रम संचालन गर्दै आएको छ । यस कम्पनीबाट वितरित परिवार योजनाका साधनहरु नेपालको ७७ ओटै जिल्लामा उपलब्ध छन् । नेपाल सी आर एस द्वारावितरित गरिएका केहि प्रतिष्ठित ब्राण्ड ढाल, प्यान्थर, संगिनी तिन महिने सुइ, निलोकन व्हायिट, सुनौलो गुलाफ, नव जीवन तथा आकस्मिक गर्भ निरोधक चक्की ईकोन रहेकाछन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi