neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

नापोलि सिरी ए फुटबलको शीर्ष स्थानमा

Oct 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, १२ कार्तिक

नापोलि इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा नापोलिले बोलोग्नालाई ३-० गोलले पराजित गरेको हो ।

नापोलिलाई जित दिलाउन लोरेन्जो इन्सिग्नेले दुई गोल गरे भने फेबियन रुइजले एक गोल गरे।

खेलको १८ औं मिनेटमा फेबियन रुइजले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ४१ औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

त्यसपछि दोस्रो हाफको ६२ औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसंगै नापोलिले १० खेलबाट २८ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ ।पराजित बोलोग्नाको १० खेलबाट १२ अंक छ र १२ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi