neapl investment mega bank
  • गृहपृष्ठ
  • संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

Oct 28th, 2021


आधारभूमि संवादाता

काठमाडौ, ११ कार्तिक

सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले शुक्रबार मध्यराति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

अव प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने छ । आज बसेको प्रतिनिधिसभा एमालेको अवरोधका कारण कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको थियो।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरूद्ध गरेपछि संसदले निर्वाध रुपले छलफल गर्न पाएको थिएन ।