neapl investment mega bank
  • गृहपृष्ठ
  • एमालेको अवरोधका कारण १२ मिनेटमै सकियो प्रतिनिधि सभाको बैठक, अर्को बैठक कार्तिक २९ गते

एमालेको अवरोधका कारण १२ मिनेटमै सकियो प्रतिनिधि सभाको बैठक, अर्को बैठक कार्तिक २९ गते

Oct 28th, 2021


आधारभूमि संबाददाता

११ कार्तिक, काठमाडौ

आज पनि नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक १२ मिनेटमै सकिएको छ । लामो समयदेखि एमालेको अवरोधका कारण प्रभावित हुँदै आएको आजको बैठकमा सुरुमै एमालेले अवरोध र नाराबाजी गरेको हो ।

आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदलाई सभामुख सापकोटाले जोगाएको भन्दै एमालेले प्रतिनिधि सभाको नवौं अधिवेशनको १३ वटा बैठक अवरुद्ध गरिसकेको छ ।

बिहीबारको बैठकमा पनि एमालेका सांसदले सभामुख अग्नी सापकोटाको आसन अगाडि पुगेर उनीहरुले गैर सांसदलाई संसदमा प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा कायम गर जस्ता नारा लगाएर विरोध गरेका थिए । विरोध भैरहेपनि सभामुख सापकोटाले कार्तिक २९ गते सोमबार दिनको १ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् ।

एमालेको अवरोधकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै
सभामुख अग्नि सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गजेन्द्र हमालले दिएको राजीनामा राष्ट्रपति स्वीकृत भएकोबारे राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए।