neapl investment mega bank
  • गृहपृष्ठ
  • एन आई सी एशिया बैंकको स्वतन्त्र संचालकमा श्रीमती बिजया स्वार नियुक्त

एन आई सी एशिया बैंकको स्वतन्त्र संचालकमा श्रीमती बिजया स्वार नियुक्त

Oct 28th, 2021

काठमाडौ, कात्र्तिक ११

एन आई सी एशिया बैंकको स्वतन्त्र संचालकमा बिजया स्वार नियुक्त भएकीछन । नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढि अवधीको कार्यअनुभव संगाल्नुभएकी स्वारलाई एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकको सञ्चालक समितिको मिति २०७८/०७/१० मा बसेको बैंठकले सोही दिनदेखि लागू हुने गरी उहाँलाई उक्त पदमा नियुक्ती गरेको हो । नवनियुक्त सञ्चालक स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएकीछन । फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गरेक िउनी कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा सुरु गरी सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश भएकी थिई । बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएको अवसरमा स्वारलाई उनको सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गरेको छ ।