neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बार्सिलोना पराजित

Oct 28th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ११ कात्तिक

स्पेनिस ला लिगा फुटबलमा रायो भालेकानोले बार्सिलोनालाई पराजित गरेको छ ।बुधबार राति घरेलु मैदान एस्टाडियो डि भेल्लेकस स्टेडियममा भएको खेलमा भालेकानोले बार्सिलोनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

भालेकानोलाई जित दिलाउन रादामेल फल्कओले विजयी गोल गरे ।फल्कओले खेलको ३० औँ मिनेटमा गोल गरेका हुन् ।

दोस्रो हाफमा ७२ औं मिनेटमा बार्सिलोनाले बराबरी गोल फर्काउने मौका पाएको थियो ।तर,बार्सिलोनाका मेम्फिस डिपे पेनाल्टीमा गोल गर्न चुकेका थिए।

जितसँगै रायो भालेकानोले ११ खेलबाट १९ अंक जोडेको छ र पाँचौं स्थानमा छ । पराजित बार्सिलोनाको १० खेलबाट १५ अंक छ र नवौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi