neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बाढीपहिराले अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालन

बाढीपहिराले अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालन

Oct 27th, 2021

डोटी, १० कात्तिक /रासस

बाढीपहिराले अवरुद्ध यहाँको केआईसिंह राजमार्ग सञ्चालन भएसँगै नागरिकलाई सहज भएको छ । बाढीपहिराले राजमार्ग बगाएपछि आवतजावत सातादेखि बन्द थियो ।

सडक डिभिजन कार्यालय, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले उक्त राजमार्ग सञ्चालन गरिएपछि सहज भएको हो । राजमार्ग सञ्चालनसँगै यहाँका पहाडी जिल्ला डोटी, अछाम र बाजुरामा यातायातका साधन सञ्चालन भइरहेका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण पहिरो जाँदा उक्त राजमार्गको रडुवामा कम्तीमा पनि एक सय मिटर सडक अवरुद्ध थियो । अवरुद्ध सडक मर्मत गरिएपछि राजमार्ग अस्थायी रुपमा सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दीपायल कुल्पातेले जनाएको छ । सडक सञ्चालन गरिएपछि साना गाडी तथा डिजेल पेट्रोल बोकेका सवारी साधनलाई पहिलो प्राथमिक्ता दिएर यात्रा गर्न दिइएको छ । राजमार्ग अवरुद्ध हँुदा सर्वसाधारण तथा यात्रु पैदल कष्टकर यात्रा गर्न बाध्य भएका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi