neapl investment mega bank
  • गृहपृष्ठ
  • “प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म इजलासमा बस्दैनौ”- सर्वोच्चका न्यायधीश

“प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म इजलासमा बस्दैनौ”- सर्वोच्चका न्यायधीश

Oct 26th, 2021


आधारभूमि समाचारदाता
काठमाडौँ, ९ कार्तिक

सर्वोच्च अदालतका १५ न्यायाधीशले अहिलेको संकटको कारक प्रधानन्यायाधीश नै रहेको निष्कर्ष निकाल्दै प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिएसम्म इजलासमा नबस्नने अडान लिएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिने बताएपछि भावी रणनीतिबारे मंगलबार छलफल गर्दै न्यायधीशहरुलेले प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने सामुहिक अडानमा कायमै रहने र थप निणर्यका लागि बुधबार बिहान ११ः३० बजे छलफलमा जुट्ने जनाएका छन् ।

उनीहरुले प्रधानन्यायाधीश राणाले तोक्ने कुनै पनि पेशी नहेर्ने जनाएका छन्। मंगलबार बिहान प्रधानन्यायाधीश राणालाई सामुहिक रुपमा भेटी मार्गप्रशस्त गर्न औपचारिक आग्रह गरे पनि राणाले राजीनामा नदिने बताएपछि न्यायाधीशहरु दिनभर छलफलमा जुटेका थिए ।

मंगलबारको छलफलमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी बैठकमा सहभागी थिए ।

राणाले भने सर्वोच्च अदालतमा सम्पूर्ण रुपमा एक्लिए पनि राजीनामा नगर्ने अडान लिएका छन् । यता न्यायाधीशहरुले इजलास बहिष्कार गरेका कारण कुनै पनि मुद्दाको सुनुवाई हुन सकेको छैन।